बैतडीको झुलाघाट नाका शुक्रबार साँझ देखि बन्द हुने

बैतडी-बैतडीको झुलाघाट नाका भोलि ९ गते साँझ देखि बन्द हुने भएको छ ।

भारतमा हुने स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सीमा नाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । भारतको उत्तराखण्ड प्रदेशमा १२ गते पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको निर्वाचन हुँदैछ ।
भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर ९ गते साँझ देखि १२ गते साँझ सम्म ७२ घण्टा सीमा नाका बन्द हुने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले बिहीबार एक सूचना जारी गरेर ९ गते साँझ ७ बजे देखि १२ गते साँझ मतदान प्रकृया समाप्त नभए सम्म सीमा नाका बन्द हुने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.