बैतडी-कैलालीको गोदावरी नगरपालिका-१, भरतपुरस्थित लागुऔषध (चरेस)सहित तीनजना पक्राउ परेका छन्।
बिहीबार राति ९:३५ बजेको समयमा समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको अपराध अनुसन्धान समूहबाट खटिगएको प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको प्रहरी टोलीले तीनजनालाई समातेको हो।
पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका-३ बस्ने २८ वर्षीय चन्द्रसिंह ऐरी, सोही ठाउँका २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश विक रहेका छन्।
उनीहरूलाई हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा ४६९ ग्राम लागुऔषध (चरेस) जस्तो देखिने धुलो पदार्थ फेला पारेर बरामद गरिएको डीएसपी चन्दले जानकारी दिनुभयो ।उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इप्रका मालाखेतीमा राखिएको उनले बताउनुभयो ।