बैतडी– बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार (आज) शोक बिदा दिएको छ । गाउँपालिकाको वडा नं ५ स्थित कुस्मावती आधारभूत विद्यालय नगराउँमा कार्यरत बालविकास सहजकर्ता पशुपति बोहराको निधन भएकाले गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताउनुभयो ।
गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै बोहराको निधनमा गाउँपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोक बिदा दिईएको बताएको छ ।