मेलौली,५ मा दुई महिने सिलाई कटाई तथा कम्प्युटर तालिम सम्पन्न

बैतडी-महारुद्र सामुदायिक सिकाइ केन्द्र मेलौली नगरपालिका वडा.न-५ को आयोजनामा संचालित २ महिने सिलाइ कटाई तथा कम्प्युटर तालिम सम्पन्न भएको छ ।

उक्त तालिमको एक कार्यक्रमका बिच शुक्रबार सिकाइ केन्द्रका अध्यक्ष नबराज पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख आतिथी दुर्गा मा.वि खलिगाडका प्रधानाध्याक पदम राज जोशी रहेका थिए ।

महिलालाई आर्थिक रुपमा माथी उकास्न सके मात्र समग्र परिवार, समाज र देश बिकास हुने बताईएको छ ।शिक्षामा मात्र होइन सीप सिकाएर स्वावलम्बी बनाउन सकियो भने महिलाले समुन्नत समाज निर्माण र महिला लाई हरेक तह वा स्वरोजगार र सिपयुक्त बनाउन जरुरी रहको सिकाई केन्द्रका अध्यक्ष नबराज पन्तले बताउनुभयो ।

सो अवसरमा २ महिने आधारभूत कम्प्युटर तालिम पनि सम्पन्न भएको र प्रशिक्षार्थीलाई तालिम सम्पन्नताको प्रमाणपत्र प्रदान गरिएको सिकाई केन्द्रका सदस्य राजेश कुमार जोशीले जानकारी दिनुभयो ।कम्प्युटर शिक्षा अहिलेको आवश्यकता भएको बताउदै उनले युवाहरूलाई समय सापेक्ष सीपमा दक्ष बनाउनु आवश्यक भएको बताउनुभयो।कम्प्युटर तालिम र सिलाई–कटाई जस्ता व्यावसायिक तालिमहरूले युवाहरूलाई आत्मनिर्भर र स्वरोजÞगार बनाउने दिशामा टेवा पु¥याउने उनले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.