डडेलधुरामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। डडेलधुराको भित्रिमधेश क्षेत्र आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देव बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेलधुराले दिएको जानकारी अनुसार बोहराले साउन ७ गते साँझ ७ बजे आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएका थिए। च्याउ खाएपछि बिरामी परेका उनलाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुगाइएको थियो।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक धनी चन्दका अनुसार अस्पतालमा उपचाररत अवस्थामा रहेका बोहराको साउन १३ गते साँझ मृत्यु भएको हो।

बोहराले खाएको च्याउ विषालु प्रजातिको भएको प्रारम्भिक अनुमान गरिएको छ। मृतकको शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक चन्दल बताए।

Leave A Reply

Your email address will not be published.