डडेल्धुराको भागेश्वरमा आज शोक बिदा

डडेल्धुराको भागेश्वर गाउँपालिकामा कार्यरत एक कर्मचारीको असामयिक निधनपछि गाउँपालिकाले आज शोक बिदा दिएको छ। गाउँपालिकाको खानेपानी तथा सरसफाइ शाखामा कार्यरत टेक्निसियन ३७ बर्षीय कृष्णदत्त चटौतको उपचारका क्रममा मंगलबार निधन भएको हो।

चौटतको निधनमा शोक व्यक्त गर्दै गाउँपालिकाले एक दिन शोक बिदा दिएको उल्लेख गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले हस्ताक्षर गरेको सूचनामा बुधवारका दिन पालिका कार्यालय, सबै वडा कार्यालय, शिक्षण संस्था र मातहतका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द रहने उल्लेख गरिएको छ।

Leave A Reply

Your email address will not be published.