पञ्चेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत धामी हाजिर

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशाुसकीय अधिकृत रुपमा दल बहादुर धामी हाजिर भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीलाई पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनी गाउँपालिकामा हाजिर भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत धामीलाई आज (विहिबार) एक कार्यक्रमका बीच गाउँपालिका उपाअध्यक्ष विना भट्ट लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले पालिकामा स्वागत गरेका छन् ।

गाउँपालिकामा हाजिर भएका उनलाई गाउँपालिकका जनप्रतिनिधि र कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेका गाउँपालिकाका प्रवक्ता जनक बहादुर चन्दले बताउनुभयो ।

यस अघि पञ्चेश्वर गाउँपालिकामा राम सागर शाहले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

Leave A Reply

Your email address will not be published.