बैतडीको सिगास–६को मोरिबगरमा प्रहरी चौकी स्थापना

बैतडी-बैतडीको सिगास गाउँपालिका वडा.न-६ मा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।यही साउन ११ गतेदेखि अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरक्षक बलराम पाण्डेयले जानकारी जानकारी दिनुभयो ।

शान्ती सुरक्षाको लागि उक्त क्षेत्रमा सहायक प्रहरी निरीक्षक सहित ८ जनाको प्रहरी टोली खटिएको उनले बताउनुभयो ।
प्रहरी चौकी स्थापनाको लागि लामो समयदेखि पहल गरिदै आएको थियो । गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जिल्ला सुरक्षा समितिबाट निर्णय गराउनदेखि गृह मन्त्रालयसम्म पटकपटक आग्रह गरिरहेका थिए ।

अन्ततः प्रहरी टोली वडा नं-६ को मोरिबगरमा बसेको र केहिदिनमा नै औपचारिक उद्घाटनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।

भौगोलिक रुपमा टाढा रहेको उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएपछि सामाजमा शान्ती सुरक्षा प्रदान गर्न मद्दत पुग्ने बताइएको छ ।विपदका घटना बढी हुने क्षेत्र भएकाले पनि त्यस क्षेत्रमा हुने प्रहरीको उपस्थितिले सूचना आदानप्रदान, राहात तथा उद्धार लगायतका आधारभूत सेवा प्रवाहमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.