बैतडी-बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बसन्त बहादुर धानुक लाई खटाइएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धानुकलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो।
पुर्चोैडी नगरपालिका घर भएका बसन्त बहादुर धानुक सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका हुन् ।नयाँ प्रमुख प्रशासकीय अधिकृत धानुकलाई विहिबार गाउँपालिकका कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेका छन् ।