बैतडीको सिगास गाउँपालिका घर भएकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको सिगास गाउँपालिका-४ सिराडी घर भएका धनबहादुर साउँदकी श्रीमती अन्दाजी २६/२७ वर्षीया भागरथी साउँद गएको तीनदिनदेखि बेपत्ता रहेकी धनबहादुर साउँदका भतीजा चन्द्रसिह साउँदले बताए।
यही साउन १५ गते राती केहि नगद र लुगाकपडा सहित घरबाट एक्कासी हिँडेकी भागरथी अहिले सम्म सम्पर्कमा नआएको भतीजा साउँदले जानकारी दिएको छ। रोजगारीको सिलसिलामा हाल भारतमा रहेका भागरथीका श्रीमान धनबहादुर साउँदले भागरथीको खोजी गरिदिन आग्रह गरेका छन्।
सिगासकै-४ रक्सौन माइतीघर भएकी भागरथी माइतमा पनि नरहेको बताइएको छ। भागरथीको घरमा तिन छोरी र एक छोरा रहेका छन्। भागरथीलाइ यदि कसैले भेट्टाएमा ९८६५६७६५७४ नम्बरमा फोन वा नजिकको प्रहरी चौकीमा सम्पर्क गरीदिन उनका श्रीमान धनबहादुर साउदले आग्रह गरेका छन् ।