बैतडीको पञ्चेश्वरका दुई युवाले गरे केदार आधारभुत विद्यालयलाई आर्थिक सहयोग

बैतडीको पञ्चेश्वर गाउँपालिका–०४ मा रहेको केदार आधारभुत विद्यालयलाई युवाहरुले आर्थिक सहयोग गरेका छ। विद्यालयलाई हार्मोनियम खरिद गर्न युवाहरुले बीस हजार रुपैयाँ आर्थिक सहयोग गरेको हुन।

विद्यालयको आर्थिक स्थिती कमजोर रहेको बेला पञ्चेश्वर गाउँपालिका-३ घर भई कामको सिलसिलामा मलेसियामा रहनु भएका सुरेन्द्र चन्द र पञ्चेश्वर गाउँपालिका-४ घर भई कामको सिलसिलामा मलेसियामा रहनु भएका युवा युवराज चन्दले आर्थिक सहयोग गरेको शिक्षक बिरेन्द्र भट्टले बताउनुभयो। कामको सिलसिलामा विदेशमा रहनु भएका गाउँका युवाहरुले संयुक्त रुपमा केदार आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरेकोमा विद्यालयले धन्यवाद व्यक्त गरेको छ।

विद्यालयको वार्षिकोत्सबमा सहयोगीदाताहरुलाई सम्मान गर्ने योजना रहेको शिक्षक भट्टले बताएका छन।

Leave A Reply

Your email address will not be published.