कैलालीमा चक्कु प्रहारबाट युवतीको मृत्यु

कैलालीमा चक्कु प्रहारबाट एक युवतीको मृत्यु भएको छ।

बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत याचना सेजवालको मृत्यु भएको हो। शनिवार बिहान करिब १० बजेतिर सोही सेकुवा एण्ड मःम सेन्टरमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले गरेको चक्कु प्रहारबाट १७ वर्षीया सेजवालको मृत्युु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले बताए।

उनका अनुसार शनिवार बिहान करीब १० बजेतिर चक्कु प्रहारबाट घाइते याचनाला उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल ल्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चक्कु प्रहार गर्नुको कारण भने खुलेको छैन घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.