बैतडीको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिस बिष्टले २५ हजार रुपैयाको अक्षयकोष स्थापना गरेका छन्। जन्मदिनको अवसर पारेर वडा अध्यक्ष बिष्टले सोही वडाको जनता मावि आरुबाटामा २५ हजार रुपैया बराबरको ‘वडा अध्यक्ष अक्षयकोष’ स्थापना गरेका हुन्।
जनता माविका विव्यस अध्यक्ष दिवान सिंह बिष्ट, प्रद्यानाध्यापक बिर्खराज अवस्थीलाई वडा अध्यक्ष बिष्टले उक्त रकम बराबरको चेक हस्तान्त्रण गरेका हुन्। उक्त रकमबाट आउने ब्याज बराबरको रकम उक्त विद्यालयमा अध्यायन गर्ने गरिब, असहाय, अनाथ तथा टुहुरा बालबालिकाहरु छनौट गरि छात्रवृत्ति प्रदान गरिने छ।
वडा नं ८ मा अध्यक्षको रुपमा निर्वाचित भएपछि कार्यभार समाल्दै बिष्टले आफुले पाउने सेवासुविधाबाट एक महिनाको पारीश्रमिकको रकम असहाय, गरिब, टुहुरा, जेहेन्दार बालबालिकाहरुलाई सहयोग गर्ने प्रतिवद्धतासहितको निर्णय गरेका थिए। सोही प्रतिवद्धता अनुसार विद्यालयमा अक्षयकोष स्थापना गरिएको बिष्टले बताए । यसअघिका वर्षहरुमा यस वडामा रहेका विद्यलयमा हुने कार्यक्रमहरुमार्फत विद्यार्थीहरुलाई सहयोग रकम तथा शैक्षिक सामाग्री वितरण गर्ने गरेका थिए । यस वर्षदेखि अक्षयकोष स्थापना गरेका हुन्। आगामी वर्षमा अर्को विद्यालयमा अक्षयकोष स्थापना गर्ने अध्यक्ष बिष्टले बताएका छन्
अध्ययनकै लागि पनि उपलब्ध गराएको सानो रकम टुहुरा, अनाथ, गरिब तथा असहाय बालबालिकाहरुका लागि महत्वपूर्ण हुन्छ भन्नेमा अध्यक्ष बिष्टले वि श्वास व्यक्त गरेका छन्। कक्षा ३ मा अध्ययन गर्दै गरेको उमेरमा बुवा गुमाएका वडा अध्यक्ष हरिस बिष्टले स्नातक तहको पढाइ सुरु गर्दा जेठो दाई गुमाएपछि स्नातक तहको पढाई पुरा गर्न पाएका थिएनन्।
उक्त परिस्थितिबाट गुज्रीएका बिष्टले असहाय बालबालिकाहरुलाई सहयोगको भावना राख्दै वडा अध्यक्षमा निर्वाचित भएपछि बालबालिकालाई लक्षित गर्दै एक महिनाको तलव लक्षित बालबालिकाहरुलाई नै दिने निर्णय गरेका थिए। आफुले पनि सो अवस्थाको पिडाबोध गरेको हुनाले सहयोग गर्ने इच्छा पलाएको बिष्टले बताए।