बैतडी : सामाजिक आन्दोलनमा सकृय दलित समाज विकास मञ्च (डिएसडिएफ) बैतडीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन शनिबार सम्पन्न भएको छ। दशरथचन्द नगरपालिका, बैतडीको सभाहलमा सम्पन्न अधिवेशनले सरस्वती नेपालीको अध्यक्षतामा नौँ सदस्यीय कार्यसमिति चयन गरेको छ। नेपालीलाई सभाले पनः अध्यक्ष चयन गरेको हो। समितिको उपाध्यक्षमा लक्ष्मी भुल, सचिवमा बलभद्र दयार, कोषाध्यक्षमा ज्योती नेपाली निर्वाचित भएका छन्।
यस्तै अधिवेशनले धनीराम लुहारको संयोजकत्वमा तीन सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ। अधिबेशनको उद्घाटन समारोहमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, शिक्षा विकास तथा समुन्वय एकाई, सशस्त प्रहरी, अधिकारकर्मि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।
यस्तै शनिबारनै दलित समाज विकास मञ्च र भुमिमा महिला कृषक सहकारी संस्थाको संयुक्त आयोजनामा किशान नेता तथा समाजिक आन्दोलनका अग्रेणी शहिद भिमदत्त पन्तको ७२ औँ स्मृति दिवश समेत मनाईएको छ। दलित समाज विकास मञ्च बैतडी जिल्लालाई मुख्य कार्यक्षेत्र बनाई सुदूरपश्चिम तथा नेपालमा सामाजिक आन्दोलन, जातीय विभेद तथा हानिकारक प्रचनको अन्त्यका लागि सकृय सामाजिक संस्था हो।
संस्थाका आगामी दिनमा समेत विपन्न, पछाडी पारिएका वर्ग, असहाय तथा राज्यको श्रोतबाट बञ्चित समुदायको मुद्दा उठानमा अझै शसक्त रुपमा काम गर्ने संस्थाका अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो।