बैतडी – बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बर्षाका कारण पहिरो खसेपछी अवरुद्ध बनेको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक पहिरो खसेपछी राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए।
अविरल बर्षाका कारण गएराती सडक माथी बाट पहिरो खसेपछी राजमार्ग अवरुद्ध बनेको पाण्डेयले जानकारी दिए । सडक अवरुद्ध बनेपछि बझाङ भित्रीने तथा बाहिरीने सवारीसाधन बिचबाटोमा नै रोकिएका छन् ।
अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाउने प्रयास भैरहेको प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए ।पहिरो सफा गर्न जेसिबीका लागि समन्वय भैरहेको उनले बताए ।बर्षातको समयमा बेला बेला सडक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा पर्ने गरेका छन् ।