बैतडी : अहिले चर्चामा रहेको बहुबिवाह सम्बन्धीको कानुन रोक्न दलित समाज विकास मञ्च बैतडीले माग गरेको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाई गृह, कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयलाई अनुरोध गरिएको छ।
नेपाल सरकारको कानुन मन्त्रालयले हाल ल्याउन लागिएको बहुबिवाह सम्बन्धीको कानुनलाई तत्काल रोक्न माग गरिएको अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो। २०७५ सालको भदौदेखी पूर्णतया निशेष गरिएको मुलुकी अपराध संहिता २०७४ लाई शंसोधन गरि ल्याउन लागिएको कानुनले सम्पूर्ण महिलाको ध्यानाकर्षण भएको जनाईएको छ।
बहुबिवाह सम्बन्धीको कानुनले महिला समानताको नाममा अमुख ब्यक्तिहरुको अवान्छित ईच्छा पुरा गर्ने मनसाय देखिएको ज्ञापनपत्रमा भनिएको छ।सरकारद्धारा महिलाहरुलाई सधै दासको रुपमा व्यवहार गर्ने बाटो खुलाउने निति देखिएको प्रति दलित समाज विकास मञ्च बैतडीले आपत्ती जनाएको छ।
नेपाल सरकारद्धार मुलुकी अपराध संहिता २०७४ को धारा १७५ संशोधन गरी विशेष परिस्थितिमा बहुबिवाहलाई बैधानिक मान्यता दिने प्रास्तावित मस्यौदाप्रति ध्यानाकर्षण जनाउदै ज्ञापन पत्र पेश गरिएको दलित सामाज विकास मञ्च बैतडीका अध्यक्ष सरस्वती नेपालीले जानकारी दिइन् ।
