बैतडी : लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ तडीगाउँ गैर बस्ने धर्मे भट्टको दुईतले ढुङ्गाको कच्ची घर भत्किएको अस्थाई प्रहरी पोष्ट सतबाँझका इन्चार्ज अम्बादत्त जोशीले बताउनुभयो।
घर भत्किएको समयमा भित्र कोही नरहेकाले मानवीय क्षति नभएको उनले बताउनुभयो। अविरल वर्षाका कारण शुक्रबार विहान भित्र पानी पसेर पूर्णरूपमा घर भत्किएको इन्चार्ज अम्बादत्त जोशीले जानकारी बताउनुभयो।
ठूलो पानी परेर भित्ताहरुमा क्षति पुगेपछि घरनै पूर्णरुपमा भत्किएको छ। घर भत्किएपछि भट्ट परिवार अहिले आफन्तको घरमा बसेको प्रहरी इन्चार्ज जोशीले बताउनुभयो।
घर भत्किएपछि आफुहरुलाई बसोबासका लागि समस्या भएको घरधनी भट्टले बताउनुभयो।