मणिलेक माविमा जुनियर रेडक्रस सर्कल र बालक्लव गठन

बैतडी : मेलौली नगरपालिका–०७ काडाँमा रहेको मणिलेक नमुमा माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल र बालक्लवको नयाँ कार्य समिति गठन गरिएको छ। शुक्रबार एक कार्यक्रमका विच नयाँ कार्य समिति चयन गरिएको हो।

जुनियर रेडक्रस सर्कलको अध्यक्षमा पंकज नायकलाई चयन गरिएको प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो। उपाध्यक्षमा करिष्मा ओड्, सचिवमा ललिता पोखरेल, सह–सचिवमा दिवाकर ओझा, कोषाध्यक्षमा रबि भट्ट, सह–कोषाध्यक्षमा आसिना भट र सदस्यहरुमा सुशिल ओझा, सुभाङ्गी जोशी, नमन भट्ट, गौरी चन्द र जोहान चन्दलाई सर्वसम्मतीले चयन गरिएको प्रधानाध्यापक कलौनीले जानकारी

दिनुभयो।
यसैगरी बालक्वको अध्यक्षमा ईश्वर धनाडीलाई चयन गरिएको हो। उपाध्यक्षमा आरती चन्द, सचिवमा सुवास पोखरेल, सह–सचिवमा मङ्गला भट्ट, कोषाध्यक्षमा रेष्मा भट्ट, सदस्यहरुमा कक्षा ६ देखी १२ सम्मका हरेक कक्षा र समुहबाट एक/एक छात्र छात्रा रहने गरी १९ जनालाई चयन गरिएको विद्यालयले जनाएको छ।

May be an image of text

Leave A Reply

Your email address will not be published.