प्रसिद्ध मेलौली भगवतीको मौलिक परम्परा तथा यसको महिमा

बैतडी: मेलौली भगवतीको उत्पत्तिको सन्दर्भमा कत्यूरवंशी एक व्यक्तिले पहिलो पटक मेलौली भगवतीको दर्शन पाएको र सोही ठाउँमा खरले छाएको मन्दिर बनाई कुलदेवताको रुपमा पूजन सुरु गरेको किंवदन्ती रहिआएको छ। कत्यूरको अन्त्यपछि सो जिम्मा भट्टले प्राप्त गरेको पाइन्छ। मेलौलीको मूल पुजारी ओझा, धामी पूडिलो (हाल विष्ट र भूल), खामको मुखिया नायक, भणारे भट्ट र भाटलाई जिम्मा दिएको पाइन्छ। बदलिँदो परिस्थिति, जनसंख्या वृद्धि, बसाईसराइसँगै यसको साँस्कृतिक क्षेत्र विस्तार भएको छ। हाल मौलिक पैगोडा शैलीमा रहेको मेलौली मन्दिरको व्यवस्थापन परम्परा बारे उल्लेखगरिएको एउटा मेलौलीको ठाडोखेल छ। डोटेली पद्यशैलीमा रहेको ठाडोखेलमा अजयमिर भूपती शाही राजाले गरेको सवालमा महत्वपूर्ण इतिहास रहेको पाइन्छ।

मेलौली भगवती माताको ठाडो खेल

अजयमिर भूपति शाही राजा पुछन लाग्या वात
माता पुछन लाग्या बात…..
कै पर्व होली साङी भुत्यार देवी दुर्गाकी जाँत ?
माता देवी दुर्गाइकी जाँत …..२
कार्तिक पून्यू चतुर्दशी होली दुर्गाइकी जाँत
माता दुर्गाइकी जाँत ।

कत्तिस रैण्याकी पुजा लागन्छे, कत्तिस रैण्याको होम रु
माता कत्तिस रैण्याको होम ।
छत्तिस रैण्याकी पुजा लागन्छे , बत्तीस रैण्याको होम ।
माता ……….. २

को लोग्या होलो खामको मुख्या, को लोग्या होलो धामी?
नाइकरे होलो खामको मुख्या, पुणिलो (बिष्ट ) होलो धामी ।
माता…………..

को लोग्या होलो कारकी माता, भुराडैको थानी ?
माता ………….
भाट (भट्ट) रे होलो कारकी माता, भुराडैको थानी ।
माता ………

को लोग्या होलो खामको मुख्या, को लोग्या होलो पुजारी?
माता …….
नायक रे होलो खामको मुख्या, ओझा रे होलो पुजारी ।
माता ……

कै तिर होलो देवीको मण्डल, कै तिर होलो भुराड?
माता ………
दाइनतिर होलो देवीकोको मण्डल, बयौंतिर होलो भुराड ।
माता ………..
चार रोकिन्ना चौरासी खम्ब, वरिपरि बैठा हिछ ।
माता ………
भाइर माताले जगन जगाइ छ , भित्र बैठा हुम ।
माता……….

ततनी तै दुरुगा छै त, निङ्गलाई कामी झान
माता ……..
औतरी गइन यी देवी माता, निङ्गलाई कामी गैन ।
माता ………

ततनी तुइ दुरुगा छै त गडुवाई कामी झान
माता ……….
औतरी गइन यी देवी माता गडुवाइ कामी गइन ।
माता ………..

ततनी तुइ दुरगाइ छै त पोटलाई कामी झान।
माता ………
औतरी गैन यी देवीमाता पोटलाई कामी गैन।

ततनी तुइ दुरुगाइ छै त खडा औतारी झान।
माता ………
औतारी गइन यी देवी माता, बैठी सिंहासन माथी ।
माता………..

ततनी तुइ ठाकुर छै त धामी गौ चढान ।
माता ……..
बार रे पला धामी रे गाउँ नागे मल्लैले चढाया
माता ………..

देवी र खर मण्डल माइत बजि गया बाजा ।
माता ………..
तमरे देवी ज्वारन आया, जिला सौंका राजा ।
माता ……….
देवी र खर मण्डल माइत जायडीकी बेली ।
माता …….
तम रे देवी ज्वारन आया जिला सौं कि रानी ।
माता ……….
देवी र खर मण्डल माइत सिएलाइनु पानी ।
माता ……
तम रे देवी ज्वारन आइन जिला सौं कि रौतेली ।
माता ………….
देवी र खर मण्डल माइत मुङरेला केला ।
माता ……
देवी र खर मण्डल माइत, बजिगया दमाउ ।
माता …….
तम रे देवी ज्वारन आया सोर र कुमाउँ ।
माता ………
देवी र खर मण्डल माइत मेलौ खर बोटी ।
माता …….
तम रे देवी ज्वारन आया चौध शहर डोटी ।
माता ……

देवी र खर मण्डल माइत मलिया ओराड ।
माता ……..
तम रे देवी ज्वारन आया, बैतडी स्वराड ।
माता ……….
दाइन रे भएइ मेलौली माता फिर रित खेलन औँला ।
माता ……
दाइन रे भएइ मेलौली माता फिर रित खेलन औँला ।
माता……
दाइन रे भएइ मेलौली माता , फिर रित खेलन औँला ।
माता …..

दाइन रे भएइ निङ्लाशैनी माता फिर रित खेलन औँला ।
माता …..
दाइन रे भएइ रणशैनी माता फिर रित खेलन औँला ।
माता ……..
दाइन रे भया गाडका सिला फिर रित खेलन औँला ।
माता …
मठैराज देउ …….
पितर देउ ……
बेताल देउ …..
छडी केदार ……..
गौसेर बाननी ………
टुडे मसानी ………
नङरौँ केदार ………
लटा कटारी ……….
सैलपाल निरपाल …….
बाह्रसय दानौँ ………
चन्द्र सुरज …..
ब्रह्मा विष्णू ……
भागरती माता …….
कैलाशबासी ….
बज्जाइ रया बजित्तर बाजा फिर रित खेलन औँला
औनाइ रया तम काजबार फिर रित खेलन औँला
जी जागी रया काखीका बाला फिर रित खेलन औँला ।
जी जागी रया गाउँका पधान फिर रित खेलन औँला ।
सब बाँची रया खेलकारी भायौँ फिर रुत खेलन औँला ।
माता फिर रित खेलन औँला ।

यस प्रकारले माता मेलौली भगवतीको भित्री चौखाम भित्र ढोलक, मजुराको तालमा माता मेलौलीको ठाडो खेल खेल्ने परम्परा रही आएको छ।

नोट : यो ठाडो खेल वि.सं २०८२ साउन २३ गते चतुर्दशी मेलौली जाँतको दिन आदरणीय लोकमणी भट्ट ज्यूले मेलौली मन्दिरभित्र हालेको गीतबाट संकलन गरिएको हो। 

लेखक: तथा संकलक देवेन्द्र दत्त भट्ट
मेलौली-७ काँणा, बैतडी

Leave A Reply

Your email address will not be published.