एनपीएल दोस्रो संस्करण: सचिन भट्ट जनकपुर बोल्ट्समा दुई लाखमा अनुबन्ध

बैतडीको मेलौली घर भएका क्रिकेटर सचिन भट्ट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन। शनिबार भएको मिनी अक्सनबाट जनकपुर बोल्ट्सले उनलाई २ लाँखमा अनुबन्ध गरेको छ।

मिनी अक्सनबाट एनपीएल खेल्ने आठ टोलीले ३७ खेलाडी छानेका छन्। अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए।

पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन्। हिजो सम्पन्न अक्सनमा खेलाडीमाथि सबैभन्दा धेरै खर्च चितवन राइनोजले तथा कम पोखरा एभेन्जर्सले गरेको छ। चितवनले ३९ लाख, काठमाण्डूले ३७ लाख, लुम्बिनीले ३२ लाख, कर्णालीले २९ लाख, विराटनगरले २७ लाख, सुदूरपश्चिमले २४ लाख, जनकपुरले १९ लाख ७५ हजार तथा पोखराले ११ लाख रुपैयाँ खर्च गरेको छ।

Leave A Reply

Your email address will not be published.