सार्वजनीक सुनुवाई सम्पन्न

बैतडी : मेलौली नगरपालिकाको सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। आर्थीक वर्ष २०८१/०८२ को वार्षिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

नगर प्रमुख भिम बहादुर चन्दको सभाध्यक्षमा पालिकाको सार्वजनीक सुनुवाई कार्यक्रम गरिएको हो। नगरपालिकाको आयोजना र सामुदायिक रेडियो मेलौली एफएमको सहजिकरणमा सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले नगरपालिकाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएको प्रतिवेदनका बिषयमा र अन्य जनचासोका बारेमा नगरबासिहरुले प्रश्नहरु गरेका थिए। प्रश्नहरुको जवाफ नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष लगायत प्रश्न सोधिएका शाखा प्रमुख र सम्बन्धीत ब्यक्तिले जवाफ दिएका थिए।

सुनुवाई कार्यक्रममा आगामी बर्षको योजना तथा कार्यक्रमको बारेमा पनि स्थानियहरुले सुझाव दिएका थिए। जनतावाट आएका गुनासा, चासो, सम्मान र कदरले आफुलाई काम गर्ने आत्मबल बढेको नगर प्रमुख चन्दले बताउनुभयो।

जनताको मतले निर्बाचित भईसकेपछि सधै जनताको सेवामा तल्लिन रहने र जनमुखी काम गर्दै जाने नगर प्रमुख चन्दको भनाई रहेको छ।

Leave A Reply

Your email address will not be published.