पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गएराति ९ बजेतिर बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा गाडीहरु बीचबाटोमै रोकिएका छन्। अवरुद्ध सडक खुलाउनका लागि प्रयास भइरहे पनि लगातारको बर्षाले समस्या भइरहेको उनले बताए।