बाजुरामा बाढीले २ घर बगायो

बाजुरा-बाजुराको हिमाली गाउँपालिका–१ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ।

बुधवार साँझ आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो। बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको गाउँपालिका–१ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिए। उनका अनुसार वडा कार्यालय पनि जोखिममा परेको छ। बाढी आएपछि खोला किनारका बासिन्दा भागेर अग्लो ठाउँतिर गएका छन्।

गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले वडा नम्बर(१ सहित वडा नम्बर ५ मा पनि बाढीले क्षती पु–याएको बताए। ‘सम्बन्धित ठाउँमा फोन सम्पर्क भइरहेको छैन’ उनले भने ‘वडा नम्बर १ मा पनि ठूलो क्षति पु–याएको सुन्नमा आएको छ। २, ३ घर बाढिले बगाएको छ।’ विच्छ्या खोला कुवाडी खोलामा मिसिने भएकाले कुवाडी खोला आसपास बसोबास गर्नेहरुलाई सतर्क रहन गाउँपालिकाले अनुरोध गरेको छ।

Leave A Reply

Your email address will not be published.