अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

बैतडी-जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ।राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेर अघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियोे। सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन्।

Leave A Reply

Your email address will not be published.