मेलौली-९ मा राप्रपाबाट वडा अध्यक्षको लागि चँन्द उम्मेदवार

दिपक राज दिर्घायु
बैैसाख १२ सोमबार,२०७९

बैतडी–बैतडीका मेलौली नगरपालीका–०९ मा राप्रपाबाट वडा अध्यक्ष पदको लागि जोगेन्द्र बहादुर चँन्द उम्मेदवार चयन भएका छन । वडा कमिटिको बैठकले चँन्दलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

वडा सदस्यका लागि जय बहादुर चँन्द, दामोदर भट्ट, पार्वती चँन्द र दलित महिला सदस्यमा कस्तुरा लुहारलाई उम्मेदवार बनाउने निर्णय भएको राप्रपा मेलौली नगर कमिटि सदस्य कपिल बहादुर चँन्दले बताए ।

यस्तै बम बहादुर चँन्दको संयोजकत्वमा २४ सदस्यीय प्रचार प्रशार कमिटि गठन गरिएको चँन्दले बताएका छन ।

Leave A Reply

Your email address will not be published.