बैतडी– बैतडीको मेलौली नगरपालिका वडा नम्बर-२ ले सार्वजनिक सुनुवाई गरेको छ ।
वडा कार्यालयको आर्थिक वर्ष २०८१र०८२ को सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम गरिएको वडा सचिव भान बहादुर चन्दले बताउनुभयो ।
शुक्रबार वडा अध्यक्ष कृष्णदत्त भट्टको सभाध्यक्षमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको वडा सचिव भान बहादुर चन्दले बताउनुभयो ।
उक्त कार्यक्रममा वडा सचिव भान बहादुर चन्दले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।भने सार्वजनिक सुनुवाई कार्यक्रममा वडा मार्फत भएका कार्यक्रम तथा योजना र कामको बारेमा सहभागीहरुले जिज्ञाशा तथा प्रश्न गरेका थिए । वडाध्यक्ष कृष्ण दत्त भट्टले सहभागीले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।