नेकपा एमाले बैतडीको सातौं जिल्ला कमिटीको बैठक सम्पन्न

बैतडी: कपा एमाले बैतडीको सातौं जिल्ला कमिटिको बैठक शुक्रबार सम्पन्न भएको छ।

पार्टी कार्यालय गढीमा सम्पन्न भएको बैठकले पार्टीको दोश्रो केन्द्रीय विधान महाधिवेशनको लागि तयारी गर्ने निर्णय गरेको छ। आगामी भदौ २० देखि २२ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुने विधान महाधिवेशनका लागि जिल्लाको तयारी गर्ने निर्णय भएको एमाले बैतडीका अध्यक्ष नरेश विकले जानकारी दिए।

यस्तै पार्टीको आन्तरिक जीवनलाई प्रभावकारी रुपमा चलायमान बनाउन पार्टीका सबै तहलाई सक्रिय बनाउने निर्णय भएको उनले बताए। यस्तै बैठकले जिल्लामा विपद्का घटनाबाट प्रभावित भएकाहरुलाई पार्टीका तर्फबाट गर्न सकिने सहयोग गर्ने र सरोकारवालाहरुलाई पनि सक्रिय रुपमा लाग्नका लागि आग्रह गर्ने निर्णय भएको उनले बताए।

एमाले बैतडीका अध्यक्ष नरेश विकको अध्यक्षतामा बसेको बैठकमा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए। बैठकमा जिल्ला कमिटि सदस्य, पालिका कमिटिका अध्यक्ष, प्रदेश कमिटिका सदस्य लगायतको सहभागिता थियो।

Leave A Reply

Your email address will not be published.