एमाले केन्द्रीय परिषद् सदस्य ‘यथार्थ’ माओवादी केन्द्रमा प्रवेश

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका कुवाकोट घर भएका एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात एमालेमा सक्रिय रहेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।

माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ले दीपेन्द्र कुँवरलाई पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.