बैतडी : नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रमा कार्यरत दुईजना कर्मचारी सम्मानित भएका छन्। नेपाल विद्युत प्राधिकरणको ४० औं बार्षिकोत्सवको अवसरमा बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखक र फोरम्यान लोकराज लेखक ‘दीर्घ सेवा पदक’बाट सम्मानित भएका हुन्।
नेपाल विद्युत प्राधिकरणले २० बर्षभन्दा माथि सेवा गरेका कर्मचारीहरुलाई ‘दीर्घ सेवा पदक’बाट सम्मानित गर्दै आएको छ। शुक्रबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई उर्जा मन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सम्मानित गरेका हुन्।
प्राधिकरणमा निरन्तर २० बर्षभन्दा बढी सेवा गरेको भन्दै लेखकद्वयलाई दीर्घ सेवा पदक र कदर पत्र प्रदान गरिएको छ। विद्युत प्राधिकरणले गरेको सम्मानले आफूहरुलाई कार्यक्षेत्रमा थप हौसलासहित खटिने उत्प्रेरणा जागेको सुपरभाइजर माधवप्रसाद लेखकले बताए।
दुवै जना २०६१ सालदेखि नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहेका छन्।