विद्यार्थीहरूलाई पढाईप्रतिको अभिरुचि जगाउन अभिभावकहरूको भूमिका

‎सिकाइ निरन्तर चल्ने प्रकृया हो । शिक्षा केवल ज्ञान प्राप्ति मात्र नभई जीवनका मूल्य, संस्कार र चरित्र निर्माण गर्नु हो। विद्यार्थीको यो यात्रामा विद्यालयले बाटो देखाउँछ भने अभिभावकले त्यो बाटोमा साथ दिने, ऊर्जा दिने, र हौसला भर्ने काम गर्छन्। शिक्षक कक्षामा प्रकाश फैलाउँछन्, तर त्यो प्रकाश विद्यार्थीको हृदयमा प्रवेश गराउन अभिभावकको भूमिका अपरिहार्य हुन्छ।

‎नेपालको सन्दर्भमा त झन् विद्यालय र घरको तालमेल अझ महत्त्वपूर्ण हुन्छ, किनकि धेरै बालबालिकाको सिकाइ यात्रा अझै पनि अभिभावकको सचेतता, प्रेरणा र समर्थनमा निर्भर छ।

‎विद्यार्थीलाई पढाइमा रुचि जगाउन प्रेरणाको आवश्यकता पर्दछ ।प्रेरणा भनेको सिँचाइको पानी जस्तै हो— जसले ज्ञानको बीजलाई पलाउँछ र बढाउँछ। प्रेरणा बिना सिकाइ केवल बाध्यता बन्छ, जसको आयु छोटो हुन्छ।

‎अभिभावकले छोराछोरीलाई केवल “पढ्” भनेर मात्र नभई “पढेर के–के गर्न सकिन्छ” भनेर देखाउनुपर्छ। छोराछोरीहरुसँग संवाद गर्ने , उनिहरुका सपना सुन्ने र भावना बुझ्ने , सोधेका कुराहरुको उत्तरदिन झर्को मान्नु हुदैन ।‎यस्तो प्रेरणा पाउँदा विद्यार्थी केवल परीक्षामा राम्रो अंक ल्याउने होइन, जीवनमा पनि निरन्तर सिक्ने बानी बसाल्छन्।

‎माया, प्रेम र सद्भावको आधार

‎अभिभावकको माया र सद्भाव भनेको बालबालिकाको आत्मविश्वासको ढाल हो।

‎माया — असफल भए पनि हात नछोड्ने भरोसा

‎प्रेम — उपलब्धिमा साझा खुशी

‎सद्भाव — प्रतिस्पर्धामा पनि सहयोगको भावना


‎शिक्षाविद् पाउलो फ्रेइरेले भनेका छन्, ूभ्मगअबतष्यल ष्क बल बअत या यिखभ, बलम तजगक बल बअत या अयगचबनभ।ू माया र प्रेमले भरिएको वातावरणमा विद्यार्थीको पढाइसँगको सम्बन्ध अझ मजबुत हुन्छ।

जिम्मेवारी बोध

‎अभिभावकको जिम्मेवारी केवल विद्यालयमा भर्ना गराउनु मात्र होइन, सिकाइको सम्पूर्ण प्रक्रियामा संलग्न हुनु हो।

‎गृहकार्यको अनुगमन

‎समय व्यवस्थापनमा सहयोग

‎आवश्यक पुस्तक, स्टेशनरी वा डिजिटल स्रोत उपलब्ध गराउने
‎नेपालका केही गाउँमा गरिएको अध्ययनले देखाएको छ कि जस घरका अभिभावक हप्तामा कम्तीमा दुईपटक गृहकार्य जाँच्छन्, त्यहाँका विद्यार्थीहरूको औसत अंक उल्लेखनीय रूपमा उच्च हुन्छ।

‎परिवार र छरछिमेकको वातावरण

‎विद्यार्थीको पढाइमा केवल परिवार मात्र होइन, छरछिमेकको वातावरण पनि प्रभाव पार्छ।

‎सकारात्मक छरछिमेक — पढाइको महत्व बुझ्ने, सहयोग गर्ने, र अनुशासनलाई सम्मान गर्ने

‎नकारात्मक छरछिमेक — समय वर्वाद गर्ने, अनावश्यक गफ र भिडमा अल्झाउने


‎घर वरिपरिको वातावरणले बालबालिकामा सोच, बानी र मूल्य निर्धारण गर्छ। त्यसैले अभिभावकले पढाइमैत्री छरछिमेक, राम्रो पुस्तकालय, र प्रेरणादायी व्यक्ति–परिवारसँग सम्पर्कमा राख्नु उपयोगी हुन्छ।

परिवारका सदस्यको व्यवहार र आचरण

‎बच्चाहरूले सिक्ने पहिलो पाठशाला घर हो, र पहिलो शिक्षक उनका अभिभावक तथा परिवारका अन्य सदस्य हुन्।

‎आदर्श प्रस्तुत गर्ने — समयमै उठ्ने, पुस्तक पढ्ने, अनुशासनमा बस्ने

‎सभ्य बोलीचाली — रिसले होइन, सहमतिले कुरा गर्ने

‎परिश्रमको मूल्य देखाउने — परिश्रम बिना उपलब्धि सम्भव छैन भन्ने पाठ व्यवहारमै सिकाउने


‎बालबालिकाले परिवारमा देखेको व्यवहार प्रायः उनीहरूको जीवनशैलीमा प्रतिबिम्बित हुन्छ।

‎ सशक्तिकरण ९भ्mउयधभचmभलत०

‎विद्यार्थीलाई पढाइको निर्णयमा पनि सहभागी बनाउनु अभिभावकको जिम्मेवारी हो।

कुन पुस्तक पढ्ने, कुन परियोजना गर्ने

‎आफ्नो समय व्यवस्थापन आफैं गर्ने अभ्यास
‎यसले उनीहरूलाई जिम्मेवार, स्वतन्त्र र आत्मनिर्भर बनाउँछ।

‎ मोबाइल हेर्ने समस्याको समाधान

‎आजको युगमा मोबाइल आवश्यक साधन पनि हो, विचलनको स्रोत पनि। यसलाई पूर्ण रूपमा निषेध गर्नु सम्भव छैन, तर सही प्रयोगको बानी बसाल्न सकिन्छ।

‎पढाइको समय मोबाइल टाढा राख्ने नियम

‎इन्टरनेटलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने अभ्यास

‎परिवारसँग मिलेर ‘मोबाइल–फ्री’ समय ९जस्तै बेलुकीको खाने बेलामा० निर्धारण

मोबाइल प्रयोग गर्दा समय सीमित जस्तै ३० मिनेट


‎फिनल्यान्ड र जापानमा अभिभावकले बच्चालाई मोबाइल प्रयोगमा स्वतन्त्रता दिन्छन्, तर त्यसको स्पष्ट नियम हुन्छ, जसमा समय, उद्देश्य र जिम्मेवारी सबै स्पष्ट हुन्छ।

‎दण्ड र प्रोत्साहनको सन्तुलन

‎दण्ड भनेको केवल सजाय होइन, सुधारको अवसर हुनुपर्छ।

‎गल्तीमा सुधारको मार्ग देखाउने

‎सानो प्रगति भए पनि प्रशंसा गर्ने

‎राम्रो कामको पुरस्कार ९पुस्तक, भ्रमण, सर्टिफिकेट० दिने


‎बी।एफ। स्किनरको इउभचबलत ऋयलमष्तष्यलष्लन सिद्धान्तअनुसार, सकारात्मक प्रोत्साहनले दीर्घकालीन सिकाइ सुनिश्चित गर्छ।

‎त्रुटि विश्लेषण

‎विद्यार्थीको कमजोरीलाई दोष होइन, अवसरको रूपमा लिनुपर्छ।

‎किन समस्या भयो भनेर बुझ्ने

‎समाधानका उपाय ट्युटोरियल, अतिरिक्त अभ्यास खोज्ने

‎शिक्षकसँग सहकार्य गरेर योजना बनाउने


‎शिक्षकप्रतिको सकारात्मक बुझाइ

‎शिक्षकलाई केवल सेवाप्रदाता नभई विद्यार्थीको भविष्य निर्माणकर्ता मान्नु आवश्यक छ।

‎अभिभावकले शिक्षकको मेहनतको कदर गर्ने

‎गुनासो भए शान्त र सहकार्यात्मक शैलीमा समाधान खोज्ने

‎विद्यालयका गतिविधिमा अभिभावकको सक्रिय सहभागिता

‎त्रिकोणात्मक सम्बन्ध — शिक्षक, अभिभावक र विद्यार्थी

‎यो सम्बन्ध विश्वास, आदर र पारदर्शितामा आधारित हुनुपर्छ।

‎शिक्षकले विद्यालयमा सिकाइको गुणस्तर बढाउने

‎अभिभावकले घरमा निरन्तर अभ्यास र प्रेरणा दिने

‎विद्यार्थीले दुवै पक्षको सल्लाहलाई सम्मान गर्ने

राष्ट्रिय सन्दर्भ

‎नेपालमा School Management Committee (SMC) मा अभिभावकको भूमिका औपचारिक रूपमा सुनिश्चित भए पनि व्यावहारिक सहभागिता अझै सशक्त बनाउनुपर्छ।

‎अन्तर्राष्ट्रिय सन्दर्भमा कुरा गर्दा ती देशहरुले शिक्षामा आमूल परिवर्तन ल्याएका छन । यसको वास्तविकता हामीले बुझ्न जरुरी छ।

‎जापान — Lesson Observation Day

‎फिनल्यान्ड — नियमित घर–विद्यालय संवाद

‎क्यानडा — विद्यालय परियोजनामा अभिभावकको स्वयंसेवी सहभागिता

‎यस विषयमा विभिन्न विद्वान शिक्षाविदका धारणाहरु पनि रहेका छन ।

‎जोन डेवीले शिक्षा जीवन आफैं हो भनेको पाइन्छ । ‎‎लेभ भिगोत्स्कीले अभिभावकको सहयोगले ‘Zone of Proximal Development’ पुरा हुन्छ भनेका छन ।

‎ शिक्षकको दृष्टिकोणबाट सुधारका उपायहरु के छन भन्ने कुराको कौतुहल्ता अभिभावकमा जाग्न सक्छ । एउटा मननीय कुरा यो छ कि शिक्षक आफैमा अभिभावक , इतिहारको निर्माता र परिवर्तनको वाहक पनि हो।
‎म स्वयं शिक्षकको हैसियतले देखेको अनुभव के हो भने धेरै विद्यार्थीको समस्या केवल क्षमता अभाव होइन, वातावरण र प्रेरणाको कमी हो जस्तो लाग्छ ।

‎कक्षा बाहिर अभिभावकसँग संवाद बढाउने

‎विद्यार्थीको रुचि अनुसार अतिरिक्त क्रियाकलाप दिने

‎सकारात्मक व्यवहारलाई निरन्तर प्रशंसा गर्ने

‎समस्या देखिँदा तुरुन्त परिवारसँग सहकार्य गरेर समाधान खोज्ने जस्ता कृयाकलापहरु बढाउन जरुरी छ ।


‎ व्यवहारिक सुधार ग्रामीण तथा सहरमा केही समान तथा केही फरक चुनौतिहरु छन तिनको सहि पहिचान नगरिकन नयाँ उपलब्धि हाँसिल हुदैन ।

‎१। घरमा पढाइको लागि निश्चित स्थान र समय तय गर्नु।
‎२। पढाइबाहेक सिर्जनशील गतिविधि ९संगीत, खेल, चित्रकला० प्रोत्साहित गर्नु।
‎३। विद्यालयसँग नियमित संवाद कायम राख्नु।
‎४। मोबाइल, टिभी, गेम आदिमा समय सीमित गर्नु।
‎५। उपलब्धि मनाउने र असफलतामा पनि साथ दिने संस्कार बसाल्नु।

‎विद्यार्थीको पढाइप्रतिको अभिरुचि केवल कक्षाकोठामा जन्मिँदैन, बरु घरको वातावरण, परिवारको व्यवहार, छरछिमेकको प्रभाव, र अभिभावकको सक्रिय सहभागिताबाट हुर्किन्छ। माया, जिम्मेवारी, प्रेरणा, र सकारात्मक वातावरणको संयोजनले मात्र विद्यार्थीको सिकाइ यात्रा सहज र सफल हुन्छ।

‎सन्तान परिवार , समाज र राष्ट्रको अमूल्य नीधि हो ।उनीहरुको व्यक्तित्व विकास नै समाज र राष्ट्रको विकास हो । शिक्षक, अभिभावक र विद्यार्थी एउटै ध्येयमा एकताबद्ध हुँदा मात्र शिक्षा जीवनपर्यन्तको सम्पत्ति बन्छ।
देवेन्द्र दत्त भट्ट मेलौली बैतडी

Leave A Reply

Your email address will not be published.