सिकाइ निरन्तर चल्ने प्रकृया हो । शिक्षा केवल ज्ञान प्राप्ति मात्र नभई जीवनका मूल्य, संस्कार र चरित्र निर्माण गर्नु हो। विद्यार्थीको यो यात्रामा विद्यालयले बाटो देखाउँछ भने अभिभावकले त्यो बाटोमा साथ दिने, ऊर्जा दिने, र हौसला भर्ने काम गर्छन्। शिक्षक कक्षामा प्रकाश फैलाउँछन्, तर त्यो प्रकाश विद्यार्थीको हृदयमा प्रवेश गराउन अभिभावकको भूमिका अपरिहार्य हुन्छ।
नेपालको सन्दर्भमा त झन् विद्यालय र घरको तालमेल अझ महत्त्वपूर्ण हुन्छ, किनकि धेरै बालबालिकाको सिकाइ यात्रा अझै पनि अभिभावकको सचेतता, प्रेरणा र समर्थनमा निर्भर छ।
विद्यार्थीलाई पढाइमा रुचि जगाउन प्रेरणाको आवश्यकता पर्दछ ।प्रेरणा भनेको सिँचाइको पानी जस्तै हो— जसले ज्ञानको बीजलाई पलाउँछ र बढाउँछ। प्रेरणा बिना सिकाइ केवल बाध्यता बन्छ, जसको आयु छोटो हुन्छ।
अभिभावकले छोराछोरीलाई केवल “पढ्” भनेर मात्र नभई “पढेर के–के गर्न सकिन्छ” भनेर देखाउनुपर्छ। छोराछोरीहरुसँग संवाद गर्ने , उनिहरुका सपना सुन्ने र भावना बुझ्ने , सोधेका कुराहरुको उत्तरदिन झर्को मान्नु हुदैन ।यस्तो प्रेरणा पाउँदा विद्यार्थी केवल परीक्षामा राम्रो अंक ल्याउने होइन, जीवनमा पनि निरन्तर सिक्ने बानी बसाल्छन्।
माया, प्रेम र सद्भावको आधार
अभिभावकको माया र सद्भाव भनेको बालबालिकाको आत्मविश्वासको ढाल हो।
माया — असफल भए पनि हात नछोड्ने भरोसा
प्रेम — उपलब्धिमा साझा खुशी
सद्भाव — प्रतिस्पर्धामा पनि सहयोगको भावना
शिक्षाविद् पाउलो फ्रेइरेले भनेका छन्, ूभ्मगअबतष्यल ष्क बल बअत या यिखभ, बलम तजगक बल बअत या अयगचबनभ।ू माया र प्रेमले भरिएको वातावरणमा विद्यार्थीको पढाइसँगको सम्बन्ध अझ मजबुत हुन्छ।
जिम्मेवारी बोध
अभिभावकको जिम्मेवारी केवल विद्यालयमा भर्ना गराउनु मात्र होइन, सिकाइको सम्पूर्ण प्रक्रियामा संलग्न हुनु हो।
गृहकार्यको अनुगमन
समय व्यवस्थापनमा सहयोग
आवश्यक पुस्तक, स्टेशनरी वा डिजिटल स्रोत उपलब्ध गराउने
नेपालका केही गाउँमा गरिएको अध्ययनले देखाएको छ कि जस घरका अभिभावक हप्तामा कम्तीमा दुईपटक गृहकार्य जाँच्छन्, त्यहाँका विद्यार्थीहरूको औसत अंक उल्लेखनीय रूपमा उच्च हुन्छ।
परिवार र छरछिमेकको वातावरण
विद्यार्थीको पढाइमा केवल परिवार मात्र होइन, छरछिमेकको वातावरण पनि प्रभाव पार्छ।
सकारात्मक छरछिमेक — पढाइको महत्व बुझ्ने, सहयोग गर्ने, र अनुशासनलाई सम्मान गर्ने
नकारात्मक छरछिमेक — समय वर्वाद गर्ने, अनावश्यक गफ र भिडमा अल्झाउने
घर वरिपरिको वातावरणले बालबालिकामा सोच, बानी र मूल्य निर्धारण गर्छ। त्यसैले अभिभावकले पढाइमैत्री छरछिमेक, राम्रो पुस्तकालय, र प्रेरणादायी व्यक्ति–परिवारसँग सम्पर्कमा राख्नु उपयोगी हुन्छ।
परिवारका सदस्यको व्यवहार र आचरण
बच्चाहरूले सिक्ने पहिलो पाठशाला घर हो, र पहिलो शिक्षक उनका अभिभावक तथा परिवारका अन्य सदस्य हुन्।
आदर्श प्रस्तुत गर्ने — समयमै उठ्ने, पुस्तक पढ्ने, अनुशासनमा बस्ने
सभ्य बोलीचाली — रिसले होइन, सहमतिले कुरा गर्ने
परिश्रमको मूल्य देखाउने — परिश्रम बिना उपलब्धि सम्भव छैन भन्ने पाठ व्यवहारमै सिकाउने
बालबालिकाले परिवारमा देखेको व्यवहार प्रायः उनीहरूको जीवनशैलीमा प्रतिबिम्बित हुन्छ।
सशक्तिकरण ९भ्mउयधभचmभलत०
विद्यार्थीलाई पढाइको निर्णयमा पनि सहभागी बनाउनु अभिभावकको जिम्मेवारी हो।
कुन पुस्तक पढ्ने, कुन परियोजना गर्ने
आफ्नो समय व्यवस्थापन आफैं गर्ने अभ्यास
यसले उनीहरूलाई जिम्मेवार, स्वतन्त्र र आत्मनिर्भर बनाउँछ।
मोबाइल हेर्ने समस्याको समाधान
आजको युगमा मोबाइल आवश्यक साधन पनि हो, विचलनको स्रोत पनि। यसलाई पूर्ण रूपमा निषेध गर्नु सम्भव छैन, तर सही प्रयोगको बानी बसाल्न सकिन्छ।
पढाइको समय मोबाइल टाढा राख्ने नियम
इन्टरनेटलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने अभ्यास
परिवारसँग मिलेर ‘मोबाइल–फ्री’ समय ९जस्तै बेलुकीको खाने बेलामा० निर्धारण
मोबाइल प्रयोग गर्दा समय सीमित जस्तै ३० मिनेट
फिनल्यान्ड र जापानमा अभिभावकले बच्चालाई मोबाइल प्रयोगमा स्वतन्त्रता दिन्छन्, तर त्यसको स्पष्ट नियम हुन्छ, जसमा समय, उद्देश्य र जिम्मेवारी सबै स्पष्ट हुन्छ।
दण्ड र प्रोत्साहनको सन्तुलन
दण्ड भनेको केवल सजाय होइन, सुधारको अवसर हुनुपर्छ।
गल्तीमा सुधारको मार्ग देखाउने
सानो प्रगति भए पनि प्रशंसा गर्ने
राम्रो कामको पुरस्कार ९पुस्तक, भ्रमण, सर्टिफिकेट० दिने
बी।एफ। स्किनरको इउभचबलत ऋयलमष्तष्यलष्लन सिद्धान्तअनुसार, सकारात्मक प्रोत्साहनले दीर्घकालीन सिकाइ सुनिश्चित गर्छ।
त्रुटि विश्लेषण
विद्यार्थीको कमजोरीलाई दोष होइन, अवसरको रूपमा लिनुपर्छ।
किन समस्या भयो भनेर बुझ्ने
समाधानका उपाय ट्युटोरियल, अतिरिक्त अभ्यास खोज्ने
शिक्षकसँग सहकार्य गरेर योजना बनाउने
शिक्षकप्रतिको सकारात्मक बुझाइ
शिक्षकलाई केवल सेवाप्रदाता नभई विद्यार्थीको भविष्य निर्माणकर्ता मान्नु आवश्यक छ।
अभिभावकले शिक्षकको मेहनतको कदर गर्ने
गुनासो भए शान्त र सहकार्यात्मक शैलीमा समाधान खोज्ने
विद्यालयका गतिविधिमा अभिभावकको सक्रिय सहभागिता
त्रिकोणात्मक सम्बन्ध — शिक्षक, अभिभावक र विद्यार्थी
यो सम्बन्ध विश्वास, आदर र पारदर्शितामा आधारित हुनुपर्छ।
शिक्षकले विद्यालयमा सिकाइको गुणस्तर बढाउने
अभिभावकले घरमा निरन्तर अभ्यास र प्रेरणा दिने
विद्यार्थीले दुवै पक्षको सल्लाहलाई सम्मान गर्ने
राष्ट्रिय सन्दर्भ
नेपालमा School Management Committee (SMC) मा अभिभावकको भूमिका औपचारिक रूपमा सुनिश्चित भए पनि व्यावहारिक सहभागिता अझै सशक्त बनाउनुपर्छ।
अन्तर्राष्ट्रिय सन्दर्भमा कुरा गर्दा ती देशहरुले शिक्षामा आमूल परिवर्तन ल्याएका छन । यसको वास्तविकता हामीले बुझ्न जरुरी छ।
जापान — Lesson Observation Day
फिनल्यान्ड — नियमित घर–विद्यालय संवाद
क्यानडा — विद्यालय परियोजनामा अभिभावकको स्वयंसेवी सहभागिता
यस विषयमा विभिन्न विद्वान शिक्षाविदका धारणाहरु पनि रहेका छन ।
जोन डेवीले शिक्षा जीवन आफैं हो भनेको पाइन्छ । लेभ भिगोत्स्कीले अभिभावकको सहयोगले ‘Zone of Proximal Development’ पुरा हुन्छ भनेका छन ।
शिक्षकको दृष्टिकोणबाट सुधारका उपायहरु के छन भन्ने कुराको कौतुहल्ता अभिभावकमा जाग्न सक्छ । एउटा मननीय कुरा यो छ कि शिक्षक आफैमा अभिभावक , इतिहारको निर्माता र परिवर्तनको वाहक पनि हो।
म स्वयं शिक्षकको हैसियतले देखेको अनुभव के हो भने धेरै विद्यार्थीको समस्या केवल क्षमता अभाव होइन, वातावरण र प्रेरणाको कमी हो जस्तो लाग्छ ।
कक्षा बाहिर अभिभावकसँग संवाद बढाउने
विद्यार्थीको रुचि अनुसार अतिरिक्त क्रियाकलाप दिने
सकारात्मक व्यवहारलाई निरन्तर प्रशंसा गर्ने
समस्या देखिँदा तुरुन्त परिवारसँग सहकार्य गरेर समाधान खोज्ने जस्ता कृयाकलापहरु बढाउन जरुरी छ ।
व्यवहारिक सुधार ग्रामीण तथा सहरमा केही समान तथा केही फरक चुनौतिहरु छन तिनको सहि पहिचान नगरिकन नयाँ उपलब्धि हाँसिल हुदैन ।
१। घरमा पढाइको लागि निश्चित स्थान र समय तय गर्नु।
२। पढाइबाहेक सिर्जनशील गतिविधि ९संगीत, खेल, चित्रकला० प्रोत्साहित गर्नु।
३। विद्यालयसँग नियमित संवाद कायम राख्नु।
४। मोबाइल, टिभी, गेम आदिमा समय सीमित गर्नु।
५। उपलब्धि मनाउने र असफलतामा पनि साथ दिने संस्कार बसाल्नु।
विद्यार्थीको पढाइप्रतिको अभिरुचि केवल कक्षाकोठामा जन्मिँदैन, बरु घरको वातावरण, परिवारको व्यवहार, छरछिमेकको प्रभाव, र अभिभावकको सक्रिय सहभागिताबाट हुर्किन्छ। माया, जिम्मेवारी, प्रेरणा, र सकारात्मक वातावरणको संयोजनले मात्र विद्यार्थीको सिकाइ यात्रा सहज र सफल हुन्छ।
सन्तान परिवार , समाज र राष्ट्रको अमूल्य नीधि हो ।उनीहरुको व्यक्तित्व विकास नै समाज र राष्ट्रको विकास हो । शिक्षक, अभिभावक र विद्यार्थी एउटै ध्येयमा एकताबद्ध हुँदा मात्र शिक्षा जीवनपर्यन्तको सम्पत्ति बन्छ।
देवेन्द्र दत्त भट्ट मेलौली बैतडी