बैतडीमा जंगली जनावरबाट मकैबाली जोगाउनै मुस्किल, किसान चिन्तामा

बैतडीमा जंगली जनावरबाट मकैबाली जोगाउन किसानहरुलाई मुस्किल भएको छ। जिल्लाका तल्लो स्वराड लगायत अधिकांश ठाउँमा जंगली जनावरले मकैबाली नष्ट गरेको किसानहरुले बताएका छन्।

दिउँसोको समयमा बाँदर र रातिको समयमा जंगली बँदेल, भालु, दुम्सी लगायतका जंगली जनावरबाट मकैबाली जोगाउन मुस्किल भएको पञ्चेश्वरका बिरेन्द्र भट्टले बताउनुभयो। दिउँसोको समयमा बाँदर र रातिको समयमा जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको उहाँले जानकारी दिनुभयो।

टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन समस्या भएको किसानहरुले बताएका छन। जिल्लाका प्रायः सबै क्षेत्रमा बाँदर र जंगली बँदेलको आतंक रहेको छ ।

बैतडीमा १२ हजार १ सय हेक्टर जमीनमा मकैखेती गरिँदै आएको छ। हरेक बर्ष मकै जोगाउन मुस्किल भएपछि मकै खेती गर्ने किसानहरुको संख्या घट्दै गएको छ। बालीनाली जंगली जनावरले सखाप पार्न थालेपछि खेत समेत बाँझै राखेर रोजगारीका लागि भारत पलायन हुनेको संख्या बढ्दै गएको छ।

Leave A Reply

Your email address will not be published.