स्वास्थ्यकर्मीको निधनमा बैतडीको पुर्चौडीले दियो भोलि शोक विदा

बैतडी–बैतडीको पुर्चौडी नगरपालिकाले भोलि शोक विदा दिएको छ ।

वडा.नं १० को विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी भागरथी कुँवरको निधन भएपछि नगरपालिकाले मंगलरबार भोलि शोेक विदा दिएको हो ।

२४ बर्षीया अनमी कुँवर आफ्नै कोठामा आइतबार राति ८ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन ।

नगरपालिकाले सोमवार शोक बक्तव्य जारि गरेर भदौ ३ गते मंगलबार स्वास्थ्यकर्मीको निधनमा नगरपालिकाको कार्यालय, नगर भित्रकका सम्पूर्ण स्वास्थ्य संस्था, वडा कार्यालय , र सामुदायिक विद्यालयहरुमा शोक विदा दिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.