मेलौलीका दुई वडाको सर्वाजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बैतडी – बैतडीको मेलौली नगरपालिकाका दुई वडाको सर्वाजनिक सुनुवाई सम्पन्न भएको छ।वडा न ६ को कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०८१र८२ को कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गर्दै कार्यक्रम सम्पन्न भएको जनाएको हो ।

वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष तारा दत्त भट्टले आ.व २०८१र८२ को कार्यसम्पादन प्रगति तथा उपलब्धि विवरणहरु प्रस्तुत गरेका थिए ।यस्तै वडा.न-९ मा पनि सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

वडाको गत आर्थिक वर्ष २०८१÷०८२ को बार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । वडा न.९ को आयोजना तथा रेडियो मेलौलीको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित नागरिकहरुले वडा.न-९ को सुशासन, सेवा प्रवाह, पारदर्शिता तथा नीति तथा कार्यक्रमको कार्यान्वयन र योजनाको प्रभावकारिताको विषयमा सुझाएका छन् । कार्यक्रममा वडा सचिव हिमाल सिंह भाटले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।भने वडा अध्यक्ष लोक राज भट्टको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.