बैतडी : बैतडीको पञ्चेश्वरमा विपिन जोशीको रिहाईको मागसहित प्रदर्शन गरिएको छ। मंगलबारका दिन कुलाउ माध्यमिक विद्यालयले दबावमूलक कार्यक्रमको आयोजना गरेको हो।
हमासले कब्जा गरी बन्धक बनाईएका जोशीको रिहाईका लागि शिक्षक र विद्यार्थीहरुद्धारा दबावमूलक कार्यक्रम गरिएको विद्यालयले जनाएको छ। विद्यालयले नेपाल सरकार लगायत सम्बन्धीत निकायलाई हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको छ।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए। त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि अपहरणमा परेका थिए।