बैतडी: मेलौली नगरपालिका–०७ का वडाध्यक्ष रामचन्द्र भट्टले जनताका गुनासा र चासोले काम गर्ने आत्मबल बढेको बताउनुभयो। बुधबार आर्थीक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनीक सुनुवाई कार्यक्रममा बोल्दै वडाध्यक्ष भट्टले सो कुरा बताउनुभयो।
वडा कार्यालयको आयोजना र सामुदायिक रेडियो मेलौली एफएमको सहजिकरणमा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा सचिव चिन्तामणी भट्टले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएको प्रतिवेदनका बिषयमा र अन्य जनचासोका बारेमा वडा बासिहरुले प्रश्नहरु गरेका थिए। प्रश्नहरुको जवाफ वडाध्यक्ष भट्टले दिनुभएको थियो।
सुनुवाई कार्यक्रममा आगामी बर्षको योजना तथा कार्यक्रमको बारेमा पनि स्थानियहरुले सुझाव दिएका थिए। जनताको मतले निर्बाचित भईसकेपछि सधै जनताको सेवामा तल्लिन रहने र जनमुखी काम गर्दै जाने वडाध्यक्ष भट्टको भनाई रहेको छ।