बैतडीका प्रहरी प्रमुख मिश्रको बिदाइ

बैतडी– जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रको बैतडीबाट बिदाइ गरिएको छ ।

मिश्रको बैतडीबाट नेपाल प्रहरी प्रदेश कार्यालय, मानव श्रोत व्यवस्थापन शाखा वीरगञ्ज,पर्सामा सरुवा भएपछि बुधबार एक कार्यक्रमकाबीच बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।

गत साउन २७ गते प्रहरी प्रधान कार्यालयले उनको सरुवा गरेपछि आज उनको बिदाइ गरिएको हो । गएको बर्ष असोज १४ गते जिल्ला प्रहरी कार्यालय बैतडीको प्रमुख भएर आएका मिश्रको झण्डै एक बर्षपछि सरुवा भएको हो । बैतडीको बसाइ निकै सुखद रहेको उनले बताउनुभयो ।

मिश्रको ठाउँमा बैतडीमा दिपककुमार रायलाई पठाइएको छ । रायलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट सरुवा गरिएको हो । केही दिनपछि राय जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.