बैतडी–बैतडीको शिवनाथ-६ स्थित शिवनाथ स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
स्वास्थ्य चौकीले गत आर्थिक बर्षमा सम्पदान गरेका कामहरु र प्रदान गरेका सेवाहरुको बारेमा जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाईको आयोजना गरिएको स्वास्थ्यचौकीका प्रमुख धिरेन्द्र सिंह नायकले बताउनुभयो ।
सार्वजनिक सुनुवाईमा स्वास्थ्यचौकीले गत आर्थिक बर्षमा सञ्चालन गरेका सेवाहरुको बारेमा जानकारी दिइएको थियो भने आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो ।
स्वास्थ्यचौकीले किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा, पोषण सेवा, नसर्ने रोगको व्यवस्थापन सेवा, परिवार नियोजन सेवा, किशोरीहरुलाई आइरन चक्की वितरण सेवा, सुरक्षित मातृत्व सेवा लगायतका सेवाहरु नियमित रुपमा प्रदान गरिरहेको छ।
सार्वजनिक सुनुवाई कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका सदस्य, जनप्रतिनिधि, स्वास्थ्यचौकीका कर्मचारी, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो ।