एनपीएलको दोस्रो संस्करण आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करण आउँदो मङ्सिर १ गतेदेखि शुरू हुने भएको छ। क्यानले आज विज्ञप्ति निकालेर एनपीएलको दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ।

एनपीएलका लागि खेलाडीको मिनी अक्शन सम्पन्न भइसकेको छ। प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक हुनेछ। पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

एनपीएलमा जनकपुरसहित, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोलीको सहभागिता छ।

Leave A Reply

Your email address will not be published.