दिपक राज दिर्घायु
बैसाख १२ सोमबार,२०७९
बैतडी–बैतडीका मेलौली नगरपालीका–०८ मा राप्रपाबाट वडा अध्यक्ष पदको लागि मोति सिह ठगुन्ना उम्मेदवार चयन भएका छन । वडा कमिटिको बैठकले ठगुन्नालाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
वडा सदस्यका लागि गोकर्ण राम दमाई, कृष्ण सिह बिष्ट, सुना ठगुन्ना र दलित महिला सदस्यमा मंमता दमाईलाई उम्मेदवार बनाउने निर्णय भएको राप्रपा वडा कमिटि सदस्य जगदिश सिह ठगुन्नाले बताए ।
यस्तै अनिल राम दमाईको संयोजकत्वमा २५ सदस्यीय प्रचार प्रशार कमिटि गठन गरिएको ठगुन्नाले बताएका छन।