सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

बैतडी –सुदूरपश्चिम प्रदेशमा भोलि (आइतबार ) सार्वजनिक बिदा दिइएको छ । साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको बताउनुभयो ।

कृष्ण जन्माष्टमीपछिको पहिलो आइतबार अर्थात् भदौ शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी पर्व मनाउँदै आएका छन् ।

थारू समुदायमा पुरुषहरुले विशेष रुपमा अट्वारी मनाउने गर्दछन् ।

दाजुभाइहरुले अट्वारीको अवसरमा दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभरि ब्रत बसी बेलुकी पूजा गर्ने चलन रही आएको छ ।

Leave A Reply

Your email address will not be published.