बैतडीको पाटनमा तिज तथा गौराको शुभकामना आदान–प्रदान सम्पन्न

बैतडी : बैतडीको पाटनमा तिज तथा गौराको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको महिला बिभागद्धारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो।

शनिबार पाटन नगरपालिकाको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रमसंगै विभिन्न मौलिक, साँस्कृतिक तथा देउडा खेल समेत प्रस्तुत गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य प्रेम राज भट्टलेबताउनुभयो। जिल्लाका सबै पालिकाबाट कार्यक्रममा सहभागि भएका थिए।

नेपाल राष्ट्रिय शिक्षक संगठनकी कार्यवाहक अध्यक्ष हिरा भट्टको अध्यक्षमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य प्रेम राज भट्ट रहनुभएको थियो । विशिष्ट अतिथिमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लिलाधर भट्ट रहनुभएको थियो ।
दशवटै पालिकाको सहभागिता रहेको उक्त कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष नरेश बिक, प्रदेश कमिटी सदस्य धर्मानन्द भट्ट, लगायतको उपस्तिथि रहेको थियो ।कार्यक्रममा नेपाल शिक्षक संगठनका निवर्तमान उपाध्यक्ष आशा पाललाई सम्मान समेत गरिएको थियो ।

शुभकामना आदान–प्रदान कार्यक्रमकै अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका पूर्व अध्यक्ष आशा पाललाई सम्मान समेत गरिएको छ।

Leave A Reply

Your email address will not be published.