बैतडीको पञ्चेश्वरका क्यान्सर पिडित लोहारको उपचारको क्रममा निधन

बैतडी: पञ्चेश्वर गाउँपालिका–०२ का क्यान्सर पिडित मगन राम लुहारको उपचारको क्रममा निधन भएको छ। फोक्सोको क्यान्सरबाट ग्रसित लोहारको सोमबार उपचारको क्रममा निधन भएको हो।

आर्थिक अवस्था कमजोर भएका लोहारको उपचार क्रममै निधन भएपछि परिवार शोकमय भएको छ। आर्थिक अवस्था एकदमै कमजोर भएका लोहारको उपचारमा हरसम्भव प्रयासमा गरिएको भएपनि बचाउन नसकिएको भाई केशब लोहारले बताउनुभयो।

लोहारलाई एक्कासी क्यान्सर रोग लागेपछि उपचारमा आर्थीक समस्या भएको थियो। लोहारको उपचारको लागि आर्थीक संकलन अभियान समेत सञ्चालन गरिएको थियो। घरकै मुख्य मान्छेको निधन भएपछि परिवारमा समस्या भएको पारिवारीक स्रोतले जानकारी दिएको छ।

उपचारको लागि आर्थीक सहयोग गर्ने सबैलाई परिवारले धन्यबाद दिनुभएको छ। मृतक लोहारका एक अपांग छोरा, श्रीमती र अर्को छोरो रहेका छन्।

Leave A Reply

Your email address will not be published.