बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय खोल्ने सरकारको तयारी रहेको छ। बैतडीको मेलौली सहित देशभरका २३ वटा सथानमा नयाँ इलका प्रशासन कार्यालय स्थापना गर्नको लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको हो ।
ग्रामिण भेगका नागरिकहरुलाई प्रशासनिक सेवा सहजरुपमा उपलब्ध गराउनको लागि गृह मन्त्रालयले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रस्ताव पेश गरिएको हो ।
स्थानीय तहहरुले पनि यस प्रस्तावलाई महत्वका साथ हेरिएको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित कार्यदलले नेपाल सरकार, मन्त्रिपरिषद् र अर्थ मन्त्रालयबाट आवश्यक पूर्वस्वीकृति लिएर प्रतिवेदन तयार पारेको हो ।
इलाका प्रशासन कार्यालय स्थापना गर्न सिफारिस गरिएका स्थानहरू
इलाका प्रशासन कार्यालय, मेलौली, बैतडी,
इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग
इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग
इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगा
इलाका प्रशासन कार्यालय, सुखिपुर, सिरहा
इलाका प्रशासन कार्यालय, धनुषाधाम, धनुषा
इलाका प्रशासन कार्यालय, वलरा, सर्लाही
इलाका प्रशासन कार्यालय, पोखरिया, पर्सा
इलाका प्रशासन कार्यालय, दुधौली, सिन्धुली
इलाका प्रशासन कार्यालय, टोखा, काठमाण्डौ
इलाका प्रशासन कार्यालय, धो, डोल्पा
इलाका प्रशासन कार्यालय, खत्याड, मुगु
इलाका प्रशासन कार्यालय, रास्कोट, कालिकोट
इलाका प्रशासन कार्यालय, कोल्टी, वाजुरा
इलाका प्रशासन कार्यालय, देउरा, बझाङ्ग
इलाका प्रशासन कार्यालय, साफेबगर, अछाम
इलाका प्रशासन कार्यालय, विपिनगर, डोटी
इलाका प्रशासन कार्यालय, गोकुलेश्वर, दार्चुला
इलाका प्रशासन कार्यालय, हेदङ्गवा, संखुवासभा
इलाका प्रशासन कार्यालय, गैडहवा, रुपन्देही
इलाका प्रशासन कार्यालय, भिमाद, तनहुँ
इलाका प्रशासन कार्यालय, सितगंगा, अर्घाखाची
इलाका प्रशासन कार्यालय, खैरहनी, चितवन
प्रतिवेदनमा दरबन्दी वृद्धि नगरी विद्यमान स्रोतको अधिकतम प्रयोग, स्थानगत आवश्यकता र स्थानीय तहसँगको समन्वयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजना उल्लेख गरिएको छ ।
बैतडीको तल्लोस्वराड क्षेत्रका नागरिकलाई प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापनाको गर्ने तयारी भएको हो ।
गृह मन्त्रालयले देशभर २३ वटा इलाका प्रशासन कार्यालय थप गर्न गरेको प्रस्तावमा बैतडीको मेलौली पनि रहेको गृहमन्त्री रमेश लेखकका स्वकीय सचिव जनकराज भट्टले जानकारी दिनुभयो ।
मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि तल्लोस्वराड क्षेत्रमा रहेका पञ्चेश्वर,शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका नागरिक लाभान्वित हुनेछ ।
नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र,राहदानी बनाउनकै लागि हाल उक्त क्षेत्रका नागरिक हजारौं रुपैंया खर्च गरेर जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् ।मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि तल्लोस्वराडका नागरिकलाई सहजता प्रदान हुने बताईएको छ ।