बैतडी – गलत समय र तरिकाले पानी पिउनाले नकारात्मक असर गर्छ, विज्ञहरूका अनुसार सही समयमा पानी पिउनुपर्छ। बिहान खाली पेट, व्यायामअघि र पछि, खाना खानुअघि, र सुत्नुअघि पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ।
खाना खाएपछि तुरुन्तै र एकैपटक धेरै पानी पिउनु, साथै धेरै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ।
पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ। सही समय र सही तरिकाले पानी पिएमा शरीरमा सकारात्मक परिवर्तन देखिने विज्ञहरू बताउँछन्।
गर्मीमा शरीरमा पानीको कमी हुन नदिन दिनभरि २.५ देखि ३ लिटर पानी पिउनुपर्छ। तिर्खा लागिरहेमा वा पिसाबको रङ्ग गाढा भएमा शरीरमा पानीको कमी (डिहाइड्रेसन) भएको हुन सक्छ। पर्याप्त पानी पिउनु आवश्यक छ, तर पानी पिउने सही तरिका र समय पनि महत्त्वपूर्ण छ।
१) बिहान खाली पेटस् बिहान उठ्ने बित्तिकै खाली पेटमा एकदेखि दुई गिलास मनतातो पानी पिउनु फाइदाजनक हुन्छ। यसले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ, मेटाबोलिजम बढाउँछ र पाचन क्रियालाई सक्रिय बनाउँछ।
२) व्यायामअघि र पछिस् कसरत गर्दा शरीरमा पानीको कमी हुन सक्छ। त्यसैले, व्यायाम गर्नुअघि र पछि पानी पिउनु आवश्यक छ। यसले मांसपेशीको थकान कम गर्न र शरीरलाई ऊर्जा दिन मद्दत गर्छ।
३) खाना खानुभन्दा ३० मिनेटअघिस् खाना खाँदा वा खाना खानेबित्तिकै पानी पिउनुको सट्टा खाना खानुभन्दा आधा घण्टाअघि पानी पिउनु राम्रो मानिन्छ। यसले भोक नियन्त्रणमा राख्छ र पाचन प्रणालीलाई राम्ररी काम गर्न मद्दत गर्छ।
४) सुत्नुभन्दा १ घण्टाअघिस् राति सुत्नुभन्दा करिब एक घण्टाअघि पानी पिउँदा शरीरमा पानीको कमी हुन पाउँदैन। यसले हृदयको कार्यक्षमता सुधार्न पनि मद्दत गर्छ।
पानी पिउनुको गलत समय र तरिका
खाना खाएको तुरुन्तैस् खाना खाएको तुरुन्तै धेरै पानी पिउँदा पाचन रस पातलो हुन्छ, जसले गर्दा खाना राम्ररी पच्दैन। यसले ग्यास, अपच र तौल बढ्ने समस्या निम्त्याउन सक्छ।
एकै पटकमा धेरै पानीस् एकै पटकमा धेरै पानी पिउनु मिर्गौलाका लागि हानिकारक हुन सक्छ। यसले सोडियमको मात्रालाई असन्तुलित बनाउन सक्छ। त्यसैले, सधैँ बिस्तारै(बिस्तारै पानी पिउनुपर्छ।
धेरै चिसो पानीस् धेरै चिसो पानी पिउँदा पाचन क्रिया सुस्त हुन्छ र शरीरमा बोसो जम्ने सम्भावना बढ्छ। विशेष गरी, खाना खाएपछि चिसो पानी पिउनु राम्रो मानिँदैन।