बैतडी : मेलौली नगरपालिका वडा न.–३, ढणौनका विद्यार्थीहरुलाइ विद्यालय पोशाक ट्रेकसुट बितरण गरिएको छ। कपडा बैक बैतडीको प्रस्ताव र समन्वयमा तथा नेपाल टेलिकम प्रादेशिक कार्यालय धनगढीले सामाजिक उत्तरदायित्व अन्तरगत वितरण गरिएको हो।

डडेल्धुरा टेलिकम कार्यालय प्रमुख बिष्णु राज भण्डारी, कपडा बैंक संचालक महेश दत्त भट्ट, बरिष्ट ब्यापार अधिकृत धर्मराज भट्ट लगायतको उपस्थितिमिा बितरण गरिएको कपडा बैंक संचालक भट्टले बताउनुभयो। हुनेले दिने, नहुनेले लगेर जाने भन्ने परोपकारी उदेश्यका साथ मौसम अनुसारको लुगा बितरण हुदैं आएको भट्टले जानकारी दिनुभयो।

समाजमा सामाजिक कार्य गर्ने हेतुले माया घर बैतडीद्वारा कपडा बैंक सन्चालनमा आएको हो। अति बिपन्न, एकल, असहाय, बेसाहार, टुहुरा बालबालिकाहरु तथा समाजमा रहेको बिपन्न्ता, रोग, शोक र भोकलाइ लक्षित गरेर सुरु गरिएको कार्यको डेढ वर्ष पूरा भएको छ। यो अवधीमा मेलौलीमा एउटा शाखा पनि सन्चालन गरिएको छ।
डेढ वर्षको अवधिमा १८०७ परिवारलाई कपडा बैंक बैतडीबाट लुगा बितरण गरिएको छ भने, ३३५ परिवारलाई शाखा मेलौली बाट बितरण गरिएको छ। जम्मा २१४२ परिवारलाई लुगा वितरण गरिएको छ।
यश अवधीमा शिवस्थली मा.वि जर्ग, बिरेन्द्र मा.बि को छात्रावासमा बस्ने टुहुरा, असहाय विद्यार्थी, जगदम्बा मा.वि. हतरङ्गा, नागार्जुन आ.वि. सपराली, केदारेस्वर मा.वि. दुर्गास्थान, गगेश्वर आ.वि. कोटिगाउ, शिव आधारभुत मेलौली, मणिलेक मावि, सान्तीप्रकाश आवि, सुदर्शन मावी, धर्मघर मावि, दशरथचन्द माविका ६२५ जना गरिव दलित विद्यार्थी हरुलाई लुगा बितरण गरिसकिएको छ।
सोहि अवधीमा १५२६ जना दलित परिवारका सदस्यहरुले लुगा प्राप्त गरेका छन। ६२५ जना विद्यार्थी मध्ये ४८८ जना दलित छात्रछात्रा रहेका छन।