आधारभुत स्वास्थ्य सेवा केन्द्र मेलौली,८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बैतडी–बैतडीको मेलौली नगरपालिका–८ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रको सार्वजनिक सुनुवाई कार्यक्रम विहिबार सम्पन्न भएको छ ।
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवंम् मेलौली नगरपालिका वडा.नं ८ का वडा अध्यक्ष तपेन्द्र सिंह विष्टको अध्यक्षता र अन्य सरोकारवालाहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।

आधरभुत स्वास्थ्य सेवा केन्द्र बाट गत आर्थिक बर्ष २०८१ /०८२ मा गतिविधीहरुको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी दिइएको आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख दिपक प्रसाद बागले बताउनुभयो । ।

आधारभुत स्वास्थ्य सेवा केन्द्रकोे सेवा क्षेत्रभित्र मातृ स्वास्थ्य सेवा, नवजात शिशु सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन सेवा लगायतका सेवाहरु प्रदान गरिएका बागले बताउनुभयो ।

यस्तै किशोरीहरुका लागि विद्यालयमै गएर आइरन चक्की वितरण लगायत विभिन्न जानकारीमूलक कार्यक्रम समेत सञ्चालन गरिएको उनले जानकारी दिनुभयो ।

स्थानीय श्रोत र साधनको अधिकतम उपयोग गरेर नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिन स्वास्थ्य सेवा केन्द्रसदैव तत्पर रहेको उनले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.