बैतडीका ६ ओटा पालिकामा खटाइए नयाँ प्रमुख प्रशासकीय अधिकृत,मेलौलीमा मंगलबहादुर शाही आउने

बैतडी –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ६ ओटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका पालिकाहरुमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको मन्त्रालयले जनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिकामा उपसचिव केशवराज सुवेदीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ भने पाटन नगरपालिकामा उपसचिव टेकराज अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ ।

यस्तै मेलौली नगरपालिकामा उपसचिव मंगलबहादुर शाहीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाएको मन्त्रालयले पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरोजकुमार पोखरेललाई खटाएको छ ।

यस्तै शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत एकराज आचार्यलाई खटाइएको छ भने डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत अभयशेखर अधिकारीलाई खटाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२२ जना उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा गरेर देशभरका पालिकाहरुमा खटाएको हो ।

Leave A Reply

Your email address will not be published.