आजदेखि पावर, लाईट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्टोनिक्स प्रदर्शनी शुरु

आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा नेपाल पावर, लाईट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको छ ।

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स, एक्जीबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा।लि। तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एण्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शुरु भएको प्रदर्शनी प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको छ ।

यो प्रदर्शनी चौथो पटक भएको हो । यसपटक स्वदेशी तथा विदेशी कम्पनीका एक सय ५० भन्दा बढी स्टलहरू रहेको आयोजकले जनाएको ।

स्टलमा उच्च गुणस्तरका अत्याधुनिक प्रविधि भएका ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल, कन्डक्टर, नविनतम प्रकारका स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्री प्रदर्शनीमा राखिएका छन् ।

नेपालमा बढ्दो जलविद्युत उत्पादनलाई विभिन्न विद्युतीय माध्यममार्फत खपत बढाउने, आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने र ऊर्जा व्यवसायलाई सबल बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो ।

Leave A Reply

Your email address will not be published.