बैतडी : मेलौली नगरपालिका–०७ काडाँका केशव परियारले शैक्षिक सामग्री वितरण गरेका छन। आफ्नो छोरा प्रबेग परियारको जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका हुन।
शुक्रवार छोरा अध्ययनरत रहेको आमोद बोडिङ स्कुलमा शैक्षिक सामग्री वितरण गरिएको बुवा केशव परियारले जानकारी दिनुभयो। जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटाएर शैक्षिक सामग्री वितरण गरिएको परियारले बताए।
परियार नेपाल प्रहरीका जवान हुन।