बैतडी : नेपाल शिक्षक माहासघं मेलौली नगर कमिटीले मेलौली नगरपालिकाको कार्यालयमा धर्ना दिएको छ। शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिन शुक्रबार धर्ना दिएको हो।
धर्नामा सहभागी शिक्षकहरूले प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन्। ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत चन्दले प्रतिनिधिसभामा प्रस्तुत भएको विधेयकमा रहेका असहमतिका बुँदाहरू सम्बोधन गर्न नगरपालिकाको तर्फबाट हुने पहल गर्नेमा विश्वास व्यक्त गर्नुभयो।
प्रतिनिधिसभामा प्रस्तुत भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकले शिक्षक तथा कर्मचारीका मुख्य सरोकारका विषय र विगतका सहमतिहरूलाई अझै सम्बोधन गर्न सकेको छैन। विधेयकमा रहेका असहमतिको समाधानका लागि प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट आवश्यक संसोधन हुनुपर्ने शिक्षक माहासघंको माग रहेको छ।

